काठमाडौँ, २८ फागुन । यूएस बंगलाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४९ पुगेको प्रहरीले पुष्टि गरेको छ । ढाकाबाट काठमाडौं आएको विमान त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो ।दुर्घटना स्थलमा ४९ जनाको मृत्यु भएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिनुभएको छ । एसएसपी पोखरेलका अनुसार ७१ जना यात्रु मध्ये २१ जना घाइतेको उपचार भइरहेको छ भने एक जना अझै भेटिएका छैनन् ।
घाइतेहरुको केएमसी, नर्भिक लगायतका अस्पतालमा उपचार भइरहेको छ । काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पतालले घाइतेको सूची सार्वजनिक गरेको छ । पिन्ची धामी र समिना ब्यान्जनकारसहित ३ जनाको आईसीयूमा उपचार भइरहेको छ ।धिरेन्द्र सिंह पुजनाको अर्थो वार्डमा उपचार भइरहेको छ । अन्य विदेशी नागरिक छन् । अस्पताल र्पुयाइएका चार जनालाई अन्यत्र रिफर गरिएको छ । उनीहरुमा किशोर त्रिपाठी, हरिप्रसाद सुवेदी, दयाराम ताम्रकार र केशव पाण्डेलाई अन्य अस्पताल रिफर गरिएको छ ।
केएमसीले रिफर गरेका मध्ये दरायामसहित तीन जनालाई ग्राण्डी अस्पताल धापासी लगिएको छ । विमानमा ३३ जना नेपाली यात्रु रहेको प्रारम्भीक जानकारी आएको छ । उनीहरु मध्ये १२ जना नेपालका मुख्यमुख्य ट्राभल एजेन्सीका कर्मचारी रहेका छन् । उनीहरु युएस बंगला एयरलाइन्सले आयोजना गरेको एउटा कार्यक्रममा भाग लिन ढाका पुगेर फर्किएका थिए । यसैगरी योङ ट्राभलमा कार्यरत कर्मचारी सजना देवकोटाको पनि निधन भएको बताइएको छ ।
उद्धारमा खटिएका प्रहरीका अनुसार करिब १४ जनाको जिवितै उद्धार गरिएको थियो । ति मध्ये केहिको अवस्था चिन्ताजनक रहेको छ । उद्धार कार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरीएको थियो । विमानमा लागेको आगो नेपाली सेना, नेपाल प्रहरी, काठमाडौँ तथा ललितपुर महानगरपालिका र विमानस्थलकै दमकल र अग्नि नियन्त्रकहरुले नियन्त्रणमा लिएका थिए ।
यसैबीच, बिमान दुर्घटनापछि बन्द गरिएको विमानस्थल खुलेको छ । दिउँसो २ बजेबाट ५ बजेसम्म करिब ३ घण्टा बन्द रहेको विमानस्थल पुनः सञ्चालनमा आएको हो ।
विमानमा सवार यात्रुहरुको नाम :-
नेपाल
शिला बजगाईं
अल्जिना बराल
चारु बराल
सोबिन्द्रसिंह बोहरा
वसन्त बोहरा
समिरा व्यञ्जनकार
प्रविन चित्रकार
सजना देवकोटा
प्रिन्सी धामी
ज्ञानीकुमारी गुरुङ
दिनेश हुमागाईं
श्रेया झा
पूर्णिमा लोहनी
मिली महर्जन
निगा महर्जन
सञ्जय महर्जन
केशव पाण्डे
प्रसन्न पाण्डे
विनोदराज पौड्याल
हरिशंकर पौडेल
सञ्जय पौडेल
आशिष रञ्जित
कृष्णकुमार सहनी
आश्ना शाक्य
सनम शाक्य
एञ्जिला श्रेष्ठ
सरुना श्रेष्ठ
हरिप्रसाद सुवेदी
दयाराम ताम्राकार
डा। बालकृष्ण थापा
स्वेता थापा
किशोर त्रिपाठी
अवधेशकुमार यादव
बंगलादेश :
फैसल महम्मद
शहरिन अहमद
इकुव अली
फुज्जमान अली
अल्मुन नहर एन्नी
बिल्किस एरा
बेगम हुरुन नहर बिल्क्विस बानु
एमएसटी अख्तरा बेगम
एमडी शाहीन बेपारी
नाजिया अफ्रिन चौधरी
एमडी रिज्वनुल हक
एमडी रोकिबुल हसन
मेहदी हसन
एमराना कबिर हासी
एमडी कबिर हुसेन
सञ्जिदा हुक
एमडी हसन इमाम
मोहम्मद नसरुल इस्लाम
अखी मोनी
मिनाज बिन नासिर
एफएच प्रिओक
तमर्रा प्रिओनमोइ
मोदुर रहमान
महमुदुर रहमान
ताहिरा तन्विन शाशी रेजा
पियास रोय
शेख रसिद रुवायत
युमी सलिमा
सैयादा कम्रुन्नहार शवार्ना
अनिरुद्द जमान
एमडी नुरुज जमान
एमडी रफिक्ज जमान
चीन :
झ्याङ मिङ
माल्दिभ्स :
रिजाना अब्दुल्ला
चालक दल :
पृथुला रसिद
ख्वजा हुसेन
रकिबुल हुसेन

