काठमाण्डौ,२८ फागुन । सरकारले सोमबार भएको युएस बङ्ला विमान दुर्घटनाबारे छानविन गर्न ६ सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ । विमान दुर्घटना भएलगत्तै बसेको मन्त्रिपरिषद बैठकले नेपाल सरकारका पूर्वसचिव यज्ञ गौतमको संयोजकत्वमा ६ सदस्यीय जाँचबुझ आयोग गठन गरेको हो ।
आयोगको सदस्यमा सेनाको तर्फबाट डा.राजिवदेव, क्याप्टेन केके शर्मा, सुनिल प्रधान, उद्धबबहादुर सुवेदी, बुद्धिसागर लामिछाने रहेका छन् । बैठकले आयोगलाई छिटोभन्दा छिटो जाँचबुझ प्रतिवेदन बुझाउन समेत निर्देशन दिएको छ ।