राष्ट्रियसभाको अध्यक्षमा तिमिल्सिना निर्वाचित भएको औपचारिक घोषणा हुदै

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

काठमाडौं,३० फागुन । राष्ट्रियसभाको बैठक आज दिउँसो बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकले राष्ट्रियसभा अध्यक्षमा गणेश तिमिल्सिना निर्वाचित भएको औपचारिक घोषणा गर्नेछ।राष्ट्रियसभाको अध्यक्षमा एक जनाको मात्रै उम्मेदवारी परेकाले तिमिल्सिना निर्विरोध भइसकेका छन् ।

वाम गठबन्धनको सहमति अनुसार राष्ट्रियसभाको अध्यक्ष पद एमालेको भागमा परेको थियो। राष्ट्रियसभामा एमालेका २७, कांग्रेसका १३, माओवादी केन्द्रका १२, संघीय समाजवादी फोरम र राजपाका २श२ सदस्य र थप ३ जना राष्ट्रपतिबाट मनोनीन सदस्य रहेका छन् ।