शुक्रबार त्रिविका क्याम्पसमा बिदा

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ८ वर्ष अगाडि

 

काठमाडौँ, १ चैत । त्रिभुवन विश्वविद्यालयले पूर्वउपकुलपति डा गोविन्दप्रसाद शर्माको निधनमा शोक मनाउन शुक्रबार देशभरका आंगिक क्याम्पसमा बिदा दिने भएको छ ।

उहाँको रुसको सेन्ट पिटर्सबर्गमा कलेजोको शल्यक्रियापछि गए राति ७५ वर्षका उमेरमा निधन भएको हो । विसं २०५९ मा उपकुलपति हुनुभएका डा शर्माको शव आज काठमाडौँ ल्याई त्रिवि स्मृति भवनमा शोकसभा गरिएपछि शुक्रबारका लागि बिदा दिइएको रजिष्ट्रार डिल्लीराम उप्रेतीले जानकारी दिनुभयो । उहाँका अनुसार पूर्वघोषित परीक्षाका कार्यक्रम भने यथावत् रहनेछ ।