युएस बंगला विमान चालककी पत्नीको पनि मृत्यु

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ८ वर्ष अगाडि

 

काठमाण्डौ,९ चैत । युएस बंगला एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका चालककी पत्नीको पनि मृत्यु भएको छ ।विमान चालक अविद सुल्तानकी पत्नी अफ्सना खानमको बंगलादेशको राजधानी ढाकाको नेशनल इन्ष्टिच्युट अफ न्युरो साइन्स एण्ड हस्पिटलमा आज मृत्यु भएको हो ।उनलाई गत आइतबार हर्टअट्याक भएपछि अस्पताल भर्ना गरिएको थियो । चालक अविदले उडाएको विमान गत फागुन २८ गते काठमाडौंको त्रिभुवन विमानस्थलमा दुर्घटना हुँदा चालक दलका ४ सदस्यसहित ४९ जनाको मृत्यु भएको थियो ।