मन्त्रीको गाडीमा बम प्रहार

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ८ वर्ष अगाडि

सुनसरी,११ चैत । प्रदेश–१ का सामाजिक विकासमन्त्री जीवन घिमिरे चढेको गाडीलाई लक्षित गरी बम प्रहार भएको छ । अाज बिहान विराटनगरबाट झापा जाँदै गरेका मन्त्री घिमिरे चढेको गाडीनजिक मोरङको पथरी शनिश्चरेमा सुतली बम विस्फोट गराइएको इलाका प्रहरी कार्यालय पथरीले जानकारी दिएको छ  ।

नेत्रबिक्रम चन्द विप्लव नेतृत्वले बन्दको आह्वान गरेकोमा उक्त बम प्रहार हुनुले घटनामा उक्त समूहकै संलग्नता हुनसक्ने प्रहरीले शंका गरेको छ ।प्रहरीले हाल उनीहरुको खोजी गरीरहेको छ ।