इयुलाई आफनो प्रतिवेदन सच्याउन प्रधानमन्त्री ओलीको कडा चेतावनी

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Photo Gallery , Politics/राजनीति , ८ वर्ष अगाडि

काठमाण्डौ,११ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन परीवेक्षणको नाममा युरोपियन युनियनको प्रतिवेदनले नेपालाई हेपेको ठहर गर्नुभएको छ । युरोपियन युनियनले गत मंसिरमा भएको प्रतिवेदन सार्वजनिक गर्दै नेपालको संविधान विपरित खस आर्यको आरक्षण हटाउन भनेपछि यसको अहिले चर्को आलोचना भइरहेको छ ।
यस विषयमा परराष्ट्रमन्त्रालयले समेत आपत्ति जनाइसकेको छ भने निर्वाचन आयोगले युरोपियन युनियनको प्रतिवेदननै अस्वीकार गरेको छ । पछिल्लो समय इयुको प्रतिवेदनका विषयमा विभिन्न टिकाटिप्पणी भइरहेका बेला निर्वाचनको पर्यवक्षेण गरेको अर्को संस्था राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले आज सरकारलाई प्रतिवेदन बुझाएको छ ।
उक्त प्रतिबेदन बुझ्ने कार्यक्रममा प्रधानमन्त्री ओली इयुमाथि खनिनु भएको हो । उहाँले निर्वाचन पर्यवेक्षणका नाममा इयुले नेपालको संविधानका भावनामा आँच पु¥याउने गरी प्रतिवेदन ल्याएको जनाउँदै नेपाललाई होच्याएको टिप्पणी गर्नु भयो ।
पर्यवेक्षणका नाममा आई धर्म प्रचार गर्ने र त्यसको प्रतिशोध प्रतिवेदनमा लिन नहुने बताउँदै उहाँले नेपाल सामाजिक न्याय र समानताका लागि काम गर्ने सार्वभौमसत्तासम्पन्न राष्ट्र भएको हुँदा कुनै भ्रम नपाल्न आग्रह गर्नुभयो । उहाँले नेपाललाई अण्डरस्टिमेट नगरि आफ्नो प्रतिवेदन सच्याउन युरोपियन युनियनलाई निर्देशन दिनुभयो ।

प्रधानमन्त्री ओलीले नेपाली जनताको लोकतन्त्र प्रतिको सजगता निकै राम्रो भएको भन्दै नेपालकै जस्तो समानुपातिक समावेशी तथा महिला प्रतिनिधित्व गराएर देखाउन चुनौति दिनुभयो । उहाँले निर्वाचन अनुगमनको नाममा गर्न लागिएको धर्म प्रचारलाई रोकेको प्रतिशोध प्रतिवेदनमा देखाइएको दाबी पनि गर्नुभयो ।प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादव पनि उपस्थित कार्यक्रममा उहाँले निर्वाचनका समयमा आयोगले गरेको क्रियाकलाप प्रति तिखो टिप्पणी गर्नुभयो ।कार्यक्रममा प्रमुख आयुक्त अयोधी प्रसाद यादबले विभिन्न कठिनाईका बाबचुत पनि आफूहरुले निर्वाचन सम्पन्न गराएको प्रष्ट पार्नुभयो ।