‘मुलुकमा शान्ति कायम हुन नदिन विभिन्न शक्तिहरुले चलखेल गर्न खोजे’-प्रधानमन्त्री अाेली

arjun Photo Gallery , ८ वर्ष अगाडि

काठमाण्डौ,१४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सदभावमा खलल् आउन नदिन आह्वान गर्नु भएको छ । प्रधानमन्त्री ओलीले मजदुत राष्ट्रिय एकताका साथ मुलुक निर्माणको अभियानमा सहभागी हुन पनि सबैसँग आग्रह गर्नु भयो ।

उहाँले मुलुकमा शान्ति कायम हुन नदिन विभिन्न शक्तिहरुले चलखेल गर्न खोजिरहेको उल्लेख गर्दैै त्यसबाट सचेत रहनुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो । एमालेको मजदुर संगठन जिफन्टको ७ औं राष्ट्रिय महाधिवेशनलाई अाज काठमाडौंमा उदघाटन गर्दै प्रधानमन्त्री ओलीले सरकार मजदुत राष्ट्रिय एकताका साथ मुलुक निर्माणको अभियानमा अघि बढने पनि स्पष्ट पार्नु भयो । उहाँले मुलुकको अर्थतन्त्र ओरालो लागेपनि त्यसलाई माथि उठाएर जनताको अपेक्षा पूरा गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । प्रधानमन्त्री ओलीले समाजिक विकृति र विसंगति हटाउन सरकारले आक्रमणकारी नीति लिने पनि दोहो¥याउनु भयो । उहाँले गरिवी र निरक्षरता निकट भविष्यमै हटाउने घोषणा पनि गर्नु भयो ।

प्रधानमन्त्री ओलीले मुलुकमा काम गर्ने सबैभन्दा अनुकूल वातावरण आएको पनि बताउनु भयो । उहाँले मजदुरहरुको समस्या समाधान गरेर अघि बढन सरकार प्रतिवद्ध रहेको पनि स्मरण गराउनु भयो । प्रधानमन्त्री ओलीले मुलुकको राजनीतिक, सामाजिक र आर्थिक प्रणाली काम गर्न अनकूल रहेको पनि बताउनु भयो ।प्रधानमन्त्री ओलीले संविधानले सबैलाई समान अवसर दिने व्यवस्था गरेको भन्दै सरकार त्यसलाई कार्यान्वयन गरेर अघि बढन तयार रहेको बताउनु भयो ।