पुस्तक अभाव भए मन्त्रीले कारबाही गर्ने

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ८ वर्ष अगाडि

 मोरङ, १५ चैत । पुस्तकको अभाव हुन नदिनका लागि १ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयले निजी क्षेत्रका प्रकाशन गृहमा पुगेर पुस्तकको अवस्थाको बारेमा जानकारी लिएको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरेले हरेक वर्ष जस्तो पुस्तक अभावको समस्या आउन नदिन मन्त्रालयस्तरबाट पहल शुरु भएको जानकारी दिनुभयो ।

मन्त्री घिमिरेले निजी तथा जनक शिक्षा सामग्री केन्द्र सबैले पुस्तकको अभाव हुन नदिने भन्दै प्रतिबद्धता जनाएकाले यदी कसैले पुस्तक हुँदाहुँदै पनि पुस्तक छैन भन्छ भने कारबाहीको दायरामा ल्याउने चेतावनी दिनुभएको छ ।

यता जनक शिक्षा सामाग्री केन्द्रले १ नम्बर प्रदेशका पहाडी जिल्लामा ९५ प्रतिशत पुस्तक पु¥याइसकेको दाबी गरेको छ । केन्द्रका प्रमुख ज्ञाननाथ चिमरियाले यो वर्ष १ नम्बर प्रदेशमा पाठ्यपुस्तक अभाव नहुने जानकारी दिनुभयो । उहाँले यो वर्ष पाठ्यपुस्तक अभाव हुन नदिनका लागि जनक शिक्षा सामग्री केन्द्रले आफ्नो कामलाई तिब्र पारेको बताउनुभयो । बैशाख ७ गतेसम्ममा सबै विद्यालयमा पुस्तक पु¥याउने गरी काम भइरहेको चिमरियाले जानकारी दिनुभयो ।