काठमाण्डौ,१७ चैत ।प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सम्वृद्धिको यात्रामा अघि बढीसकेकाले विखण्डनको च्याँखे नथाप्न युरोपियन युनियनलाई चेतावनी दिनुभएको छ ।
रिपोर्टस क्लबको २० औ बार्षिकोत्सव समारोहलाई सनिबार राजधानीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पहिलाको नेपाल र अहिलेको नेपालमा धेरै भिन्नता रहेकाले विभिन्न बहानामा च्याँखे थाप्ने काम नगर्न युरोपियन युनियनलाई चेतावनी दिनुभएको हो । नेपालमा साम्प्रदायिकता भड्काई शान्ति कायम हुन नदिनका लागि चलखेल भईरहेको भन्दै च्याँखे राख्ने काम बन्द गर्न उहाँले चेतावनी दिनुभयो ।
उहाँले नेपाल कम्युनिष्ट पाटी माओवादीका नेता नेत्र विक्रम चन्द विप्लबलाई मजाकको राजनीति गरेर मुलुकको शान्ति नबिथोल्न सुझाव दिनुभयो । प्रधानमन्त्री ओलीले विकासमा व्यवधान पुर्याउने भ्रष्टाचार सरकारलाई स्वीकार्य नहुने बताउनुभयो । सरकारको र्निदृष्ट लक्ष्य र गन्तव्य रहेको भन्दै उहाँले गन्तव्यसम्म पुग्नका लागि आवश्यक स्रोत र साधन तथा माध्यम सरकार स्वयमले तय गर्ने स्पष्ट गर्नुभयो । उहाँले बामपन्थी गठबन्धनको सरकार बनाउन ढिला गरिएछ भन्ने मानसिकता सबैमा विकास गर्ने अवस्था श्रृजना गर्ने उद्घोष समेत गर्नुभयो ।
संघर्षको मैदानबाट तानाशाहलाई पराजित गरेर आएकाले लोकतन्त्र आफुहरुको आर्दश भएको उल्लेख गर्दै उहाँले जनतालाई आर्दश र अधिकार सहितको लोकतन्त्रको प्रत्याभुत गराउने आश्वस्त तुल्याउनुभयो ।

