प्रतिनिधिसभा र राष्ट्रिय सभाको पहिलो अधिवेशन अन्त्य

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Photo Gallery , Politics/राजनीति , ८ वर्ष अगाडि

 

काठमाडौँ, २० चैत । संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रिय सभाको पहिलो अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने भएको छ । प्रतिनिधिसभाको आजको बैठकको अन्त्यमा सभामुख कृष्णबहादुर महराले दुवै सदन अन्त्य भएको राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउनुभएको थियो । यी दुवै सदनको पहिलो बैठक गत फागुन २१ गते बसेको थियो ।