बैशाख ९ गते एमाले —माओबादीबीच पार्टी एकता हुने

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Photo Gallery , ८ वर्ष अगाडि

काठमाण्डौ,२० चैत । नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकताका सम्बन्धमा गठन गरिएका समितिले बैशाख ९ गतेका दिन पार्टी एकता गर्न उपयुक्त हुने सुझाव सहितको प्रतिवेदन पार्टी एकता संयोजन समितिलाई बुझाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार सांझ बसेको पार्टी एकता संयोजन समितिको बैठकमा अन्तरिम विधान र संगठनात्मक सवालका बारेमा सुझाव दिन र बैचारिक राजनीतिक प्रतिवेदनका बारेमा सुझाव प्रतिवेदन पेश गर्नका लागि गठित कार्यदलले प्रतिवेदन बुझाएका हुन् । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले दुवै कार्यदलले पार्टी एकताको घोषणा पार्टी स्थापना दिवस बैशाख ९ गते का दिन गर्दा उपयुक्त हुन्छ भनी दिएको सुझावलाई पार्टी एकता संयोजन समितिले सकारात्मक लिएको बताउनुभयो ।

एमाले महासचिव एव रक्षामन्त्री ईश्वर पोख्रेलले दुवै कार्यदलले पार्टी एकता संयोजन समितिको बैठकमा आ आफ्ना प्रतिवेदन प्रस्तुत गरिसकेकाले २२ गते बस्ने पार्टी एकता संयोजन समितिको बैठकले दुवै प्रतिवेदन छलफल गरी एकताको मिति लगायत विषयमा औपचारिक घोषणा गर्ने जानकारी दिनुभयो । उहाँले दुवै समितिले आधारभुत रुपमा मिलाएका विषय बाहेकका विषयमा संयोजक समितिले छलफल गरि अन्तिम निर्णय गर्ने उल्लेख गर्नुभयो ।बैठकमा दुवै पार्टीका शिर्ष नेताहरु सहित कार्यदलका सदस्यहरु उपस्थित थिए ।