बिस्केट जात्रालाई व्यवस्थित गरिने

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Photo Gallery , ८ वर्ष अगाडि

भक्तपुर, २३ चैत। ऐतिहासिक बिस्केट जात्रालाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न यसवर्ष दिउँसो भैरवको रथ तान्ने निर्णय गरिनेभएको छ ।

गुठी संस्थान कार्यालय, जात्रा चलाउने गुठियार, पुजारी, नाइके, स्थानीय बासिन्दासँगको छलफलमा दिउँसो २ बजे नै तौमढीबाट भैरवको रथ तान्ने र साँझ ५ बजेसम्म रथलाई गहिटी पु¥याउने निर्णय भएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

जात्राको तयारी र सुरक्षाका बारेमा जानकारी दिन महानगरीय प्रहरी परिसर भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले जात्रामा ढुङ्गा हान्ने, जात्रा बिथोल्न खोज्ने र हिंसात्मक गतिविधि गर्नेलाई कडा कारवाही गरिने बताउनुभयो ।

विगतका वर्षहरुमा जति नै चाँडै रथ तान्ने निर्णय गरे पनि साँझबाट रथ तान्न शुरु गर्ने र मध्यरातिसम्म नै रथ तान्ने गर्दा ढुङ्गा हानाहान हुँदै आएको छ । रथ तान्ने क्रममा माथि लान सके दत्तात्रयसम्म र तल लान सके नासमनासम्म रथ लैजाने गर्दै आएकामा भूकम्पपछि घरमा टेको लगाएका कारण केही अवरोध आएको छ ।

त्यसैगरी रथको रुटसमेत यसवर्ष छोट्याउने निर्णय भएको छ । जात्रालाई मर्यादित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न यसवर्ष तौमढीबाट तलका बासिन्दाले बुलुचासम्म र माथिकाले साकोठासम्म मात्रै लैजाने गरी व्यवस्थापन गर्ने निर्णय भएको छ ।