डोटी २८ चैत। डोटीमा आज दिउँसो चट्याङ्ग लागेर दुई जनाको मृत्यु भएको छ । जोरायल गाउँपालिका २ डाँडाखालीमा चट्याङ्ग लागेर स्थानीय चक्र भण्डारीका १२ वर्षीय छोरा ओमप्रकाश भण्डारी र खेम भण्डारीका ९ वर्षीय छोरा भुवन भण्डारीको मृत्यु भएको हो ।
घरमा खेलिरहेका बेला परेको चट्याङ्गले दुवैको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

