काठमाण्डौ,२८ चैत ।डिआईजी रमेश खरेलको राजीनामा गृह मन्त्रालयले स्वीकृत गरेको छ। प्रहरी महानिरीक्षक बढुवामा असन्तुष्टि जनाउँदै खरेलले आजै राजीनामा दिनु भएको थियो ।
गृहसचिव प्रेमकुमार राईले उहाँको राजीनामा स्वीकृत गर्नु भएको हो । सरकारले हिजो सर्वेन्द्र खनाललाई आइजिपी बनाएपछि डिआइजी खरेलले राजीनामा दिनु भएको थियो । सरकारले आफूलाई उचित मूल्याङ्कन गर्न नसकेको र हिनाताबोधका साथ जागिर खान नसक्ने भएकाले राजीनामा दिएको बताउनु भयो ।

