सुन तस्करीको आरोपमा पक्राउ परेका चौधरीद्धारा प्रहरी कार्यालयमै आत्महत्या

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ८ वर्ष अगाडि

काठमाडौं,३० चैत । सुन तस्करीको आरोपमा पक्राउ परेका नेपाल वायु सेवा निगमका कर्मचारी प्रेम नारायण चौधरीले प्रहरी कार्यालयमै आत्महत्या गरेका छन्। चौधरीले महानगरीय प्रहरी वृत्त अनामनगरको वृत्तको शौचालयमा झुन्डिएर आत्महत्या गरेका हुन्।

बिमानस्थलबाटै तस्करीको ३३ किलो सुन बाहिरीएको बिषयमा प्रहरीले त्यसमा संलग्न रहेको आशंकामा बिमानस्थलका केहि कर्मचारीलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान गर्दै आएको छ । चौधरीलाई पनि प्रहरीले आशंकाको भरमा अनुसन्धान गर्ने क्रममा नियन्त्रणमा लिएको थियो ।हालसम्म घटनामा संलग्न २० जना पक्राउ परिसकेका छन्।