काठमाडौँ, ६ वैशाख ।काठमाडौँ महानगरपालिकाले निजी विद्यालयको अनुगमन शुरु गरेको छ । नयाँ शैक्षिकशस्त्र शुरु भएसँगै नयाँ भर्नाका लागि आउने विद्यार्थीबाट विद्यालय अनुकूल भर्ना शुल्क लिएको जनगुनासो बढेपछि कामपाले अनुगमनलाई तीव्रता दिएको कामपा शिक्षा विभाग प्रमुख प्रह्लाद अर्यालले जानकारी दिनुभयो ।
शुल्क भौतिक संरचना बमोजिम केन्द्रित हुने भएकाले अनुगमनका क्रममा अनुचित भए सम्झाइ बुझाइ गर्ने र नमाने थप कारवाही गर्ने पनि अर्यालले भन्नुभयो । कामपाले गत असोजदेखि विद्यालय गाभ्ने र नयाँका लागि अनुमति दिने विषयमा विद्यालय निरीक्षक र स्रोत व्यक्तिले अनुगमन गरिरहे पनि वैशाख महिना भर्ना लिने महिना भएकाले विशेष रुपमा अनुगमन गरिरहेको हो । हाल कामपामा १०० सामुदायिक विद्यालय र करीब ७०० निजी विद्यालय सञ्चालन हुँदै आएका छन्, जस्मा एक लाख ६५ हजार बालबालिका अध्ययनरत छन् ।

