पार्टी एकता समानताका आधारमा हुनुपर्छ :अग्नी सापकोटा

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ८ वर्ष अगाडि

काठमाण्डौ,६ वैशाख । नेकपा माओवादी केन्द्रका नेता अग्नी सापकोटाले एमालेसँग पार्टी एकता समानताका आधारमा हुनुपर्ने अडान दोहो¥याउनु भएको छ ।नेता सापकोटाले दुई पार्टीबीचको एकता सम्मानजनक हुनुपर्ने पक्षमा आफूहरु रहेको पनि स्पष्ट पार्नु भयो ।

बिहिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले आम नेतादेखि कार्यकर्तासम्म तथा समर्थकदेखि सुभेच्छुकसम्मलाई गौरवबोध हुनेगरी पार्टी एकता हुनुपर्ने तर्क पनि गर्नु भयो । नेता सापकोटाले बैशाख ९ गते कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर पार्टी एकता गर्ने सम्भावना भने नरहेको पनि स्मरण गराउनु भयो । उहाँले पार्टी एकता हुनेमा शंका नगर्न पनि सबैमा आग्रह गर्नु भयो । केही विषय छलफलमा रहेकाले पार्टी एकतामा केही ढिलाई हुने देखिएको पनि बताउनु भयो ।नेता सापकोटाले जनयुद्ध र पार्टी एकताको मोडालिटी लगायतका विषयलाई टुंगो लगाउन २ पार्टीका नेतृत्वबीच छलफल भईरहेको पनि जानकारी दिनु भयो ।