काठमाण्डौ,६ वैशाख । फरार रहेका स्वतन्त्र सांसद दीपक मनाङे पक्राउ परेका छन् । मनाङको प्रदेश (ख) बाट स्वतन्त्र उम्मेदवारबाट निर्वा्चित सांसद् गुरुङलाई प्रहरी परिसर काठमाडौंले आज पक्राउ गरेको हो ।
सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा मनाङ्गेलाई ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालतको फैसला सदर गरेपछि गुरुङ फरार थिए। पक्राउ पर्ने डरले गुरुङ सांसदको शपथ ग्रहण कार्यक्रममा समेत सहभागि भएका थिएनन ।

