दु्रतमार्गको प्रतिवेदन तयार गर्न १७ कम्पनीबाट आवेदन

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ८ वर्ष अगाडि

 

काठमाडौँ, २० वैशाख । नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको काठमाडौँ–तराई मधेश द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय १७ कम्पनीले इच्छा देखाएका छन् ।

कूल ७६.३ किमीको द्रुतमार्गको डिपिआर तयार गर्न एक स्वदेशी र १६ विदेशी कम्पनीबाट आवेदन आएको नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले जानकारी दिनुभयो । डिपिआरका लागि आवेदन दिनेमा भारत र चीनदेखि युरोपसम्मका निर्माण कम्पनी छन् । डिपिआरका लागि प्राप्त आवेदनको अध्ययन गरी सर्ट लिष्ट तयार गर्ने काम भइरहेको सेनाले जनाएको छ ।

यसअघि द्रुतमार्गको डिपिआर भारतीय निर्माण कम्पनीले तयार गरेको थियो । उक्त कम्पनीले डिपिआरको शुल्क महँगो मागेपछि सेनाले अर्काे डिपिआर बनाउने निर्णय लिएको हो । राजधानीबाट तराई–मधेश जोड्ने सबैभन्दा छोटो दूरीको राष्ट्रिय गौरवको उक्त द्रुतमार्ग निर्माणलाई सरकारले पहिलो प्राथमिकतामा राखेको छ । अब करीब १५ दिनभित्रै डिपिआर कसले तयार गर्ने भन्नेबारे टुङ्गो लाग्ने सेनाले विश्वास गरेको छ ।

द्रुतमार्ग निर्माणका लागि नेपाली सेनाले पाँच पाँच स्थानमा स्थायी र अस्थायी आधार शिविर खडा गरिसकेको छ । यसअघि उक्त राजमार्गको नमूना मार्ग पनि नेपाली सेनाले नै खोलेको थियो । द्रुतमार्ग निर्माणमा अहिले स्वदेशी २५ कम्पनीले काम गरिरहेका छन् । (रासस