पाँच वर्षभित्र काठमाडौँ–रक्सौल रेल बन्ने- प्रम केपी अाेली

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ८ वर्ष अगाडि

 

काठमाडौँ, ३० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण राजकीय भ्रमण दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा उठाउन उपलब्धिमूलक भएको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा भारतीय प्रधानमन्त्रीको भ्रमणबारे जानकारी दिँदै प्रधानमन्त्री ओलीले दुई देशबीचको सम्बन्धलाई पारस्परिक लाभ र समानताका आधारमा अघि बढाउने सन्दर्भमा भ्रमण सार्थक भएको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदी आफ्नो भ्रमण सकेर फर्कने क्रममा आफूले टेलिफोनमा कुराकानी गर्ने क्रममा प्रशंसापूर्वक ढंगले भ्रमण सफल भएको र दुई देशबीचको सम्बन्धलाई समुचित आधारमा अगाडि बढाउने उल्लेख गर्नुभएको जानकारी दिनुभयो ।

“भ्रमणले उपयुक्त प्रतिफल दिनेमा म विश्वस्त छु, हामी एउटा नयाँ युगमा प्रवेश गरेका छौँै अब, द्विपक्षीय, बहुपक्षीय र सर्वपक्षीय सम्बन्धलाई ध्यानमा राखेर अन्तर्राष्ट्रिय नीति र उत्तरदायित्वलाई समेत आत्मसात् गरी स्थायित्व, विकास र समृद्धिको दिशामा सबै एक भएर अघि बढ्नुपर्छ”, उहाँले भन्नुभयो । भ्रमणले विगतमा देखिएका असझदारी र नमिल्दा कुरालाई सच्याएर उपयुक्त हिसाबले जान सहमत गराएको उल्लेख गर्दै उहाँले भ्रमणका क्रममा देखापरेको राष्ट्रवाद तथा जनताको सजगतापूर्ण सद्भावको सराहना पनि गर्नुभयो ।