अबदेखि ट्रायल पास गरेकाहरुले लाइसेन्सका लागि दुई महिना भन्दा बढि कुर्नु नपर्ने

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ८ वर्ष अगाडि

काठमाण्डौ । यातायात व्यवस्था विभागले अबको दुई महिनाभित्र ट्रायल पास गर्ने सबैले लाइसेन्स (स्मार्टकार्ड) सबैलाई दिनेगरी काम भइरहेको जनाएको छ।स्मार्टकार्डको अभाव भएकै कारण हाल ट्रायल पास गरेको ८९ महिना हुँदासम्म पनि लाइसेन्स वितरण हुन सकिरहेको छैन।हाल ट्रायल पास गरेर पनि लाइसेन्स नपाएको संख्या करिब ३ लाख छ। विभागका प्रवक्ता तुल्सीराम अर्यालले लाइसेन्स प्रिन्ट भइरहेकोले लाइसेन्सको समस्या अब नरहने दावी गरेका छन।

विभागले हालै थप चार वटा नयाँ प्रिन्टर ल्याएको छ। हाल संचालनमा रहेका चार प्रिन्टरले दैनिक करिब २ हजार स्मार्टकार्ड प्रिन्ट भइरहेको विभागले जनाएको छ।