मुस्लिम समुदाय बकर इद मनाउँदै, प्रदेश नम्बर १,२ र ५ मा सार्वजनिक बिदा

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

 

काठमाडाैं, ६ भदाै । मुस्लिम समुदाय आज बकर इद मनाउँदै, प्रदेश नम्बर १,२ र ५ मा सार्वजनिक बिदाइस्लाम धर्मावलम्बीले आफ्नो प्रसिद्ध पर्व बकर–इद आज उत्साहका साथ मनाइरहेका छन्। तीन दिनसम्म मनाइने यस पर्वलाई ‘इद–उल–जुहा’ पनि भन्ने गरिन्छ।

यसलाई बलिदानीको पर्वका रुपमा लिइन्छ। इस्लाम महिना जुल हिज्जाको दशौँ दिन यो पर्व मनाउने गरिन्छ। बकर–इदका अवसरमा देशभर भएका इदगाहमा इस्लाम धर्मालम्बीले पवित्रताका साथ बुधबार बिहानैदेखि भेला भई नवाज पढेर पर्वको शुभारम्भ गरेका छन्।
देशभरी रहेका मुश्लिम समुदाय खुशीयालीका साथ पर्व मनाउन जुटेको छन्।

यस पर्वको अवसरमा परिवारका सम्पूर्ण सदस्य अनिवार्यरूपमा नयाँ वस्त्र धारण गर्ने गर्छन्। इदगाहमा नवाज पढेर एकापसमा शुभकामना आदान प्रदान गने चलन छ।बकर–इदमा जनावरलाई ‘कुर्वानी’ अर्थात् बलिदानी गर्ने गरिन्छ। सो अवसरमा जनावरको मासुलाई तीन भाग लगाएर एक भाग आफन्त, एक भाग गरीब परिवार र अर्को भाग आफ्ना लागि राख्ने नियम रहेको छ।

नेताहरुको शुभकामना

यसैबीच, बकर इदको अबसरमा नेताहरुले शुभकामना दिएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र काङ्ग्रेस उपसभापति विमलेन्द्र निधिले देश तथा विदेशमा रहेका सम्पूर्ण मुस्लिम धर्मावलम्बीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन्।यसैबीच, प्र १,२ र ५ मादेश नम्बर प्रदेश सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ। यसअघि सरकारले देशभर बिदा दिने गरेको थियो।