एशिया कप छनोट: ‘बिहीबार फाईनल’ युएइ र हङ्कङ भिड्ने

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Photo Gallery , Sports/खेलकुद , ६ वर्ष अगाडि

काठमाडौँ । एशिया कप छनोट क्रिकेट प्रतियोगिताको फाइनल भिडन्तमा संयुक्त अरब इमिरेट्स युएइ र हङ्कङ भिड्ने भएका छन् ।

मलेसियाको राजधानी क्वालालम्पुरस्थित किन्नरा ओभल क्रिकेट मैदानमा बिहीबार हुने खेलमा दुवै टोली विजय लक्ष्यका साथ मैदानमा उत्रँदैछन् । फाइनलमा विजयी हुने टोलीले यसै महिना युएइमा हुने एशिया कप क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन पाउने छन् ।

एशिया कपमा छनोट हुने टोलीले भारत र पाकिस्तानजस्ता टेष्ट राष्ट्रसँग खेल्ने मौका पाउनेछ । सो प्रतियोगिता यही भदौ २८ देखि असोज १२ गतेसम्म युएइमा हुनेछ ।

मङ्गलबार भएको लिग चरणको अन्तिम खेलमा दुवै टोलीले जित हात पार्दै फाइनलमा प्रवेश गरेका हुन् । छनोट खेलमा युएइ आठ अङ्कका साथ पहिलो र सात अङ्क जोडेको हङ्कङ दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनाएका हुन् ।

यसअघिका चार खेलमा अपराजित रहे पनि अन्तिम खेलमा युएइसँग १३ रनले पराजित भएपछि ओमन प्रतियोगिताबाट बाहिरियो । ओमनको पनि ७ अङ्क नै थियो । त्यस्तै समान ७ अङ्क नै जोडेको हङ्कङ रन रेटका आधारमा फाइनलमा पुगेको हो ।

अन्तिम खेलमा हङ्कङले नेपाललाई ३ विकेटले पराजित गरेको थियो । लिग चरणको खेल समाप्तिसँगै युएइ पहिलो, हङ्कङ दोस्रो, ओमान तेस्रो र नेपाल चौथो स्थानमा रहयो । त्यस्तै १÷१ खेल जितेका मलेसिया पाँचौँ तथा सिङ्गापुर छैटौँ स्थानमा रहे ।

छनोट चरणको लिग खेलमा चार खेल खेलेको नेपालले दुई खेलमा जित तथा दुई खेलमा पराजय भोग्यो । नेपालले आयोजक मलेसिया र सिङ्गापुरलाई पराजित गरेको थियो भने ओमन र युएइसँग हार बेहोरेको थियो ।

https://www.youtube.com/omnepal