हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका ६ जनाकै शव काठमाडौं ल्याइयो

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

 

काठमाडौं, २४ भदौ ।नुवाकोटमा भएको अल्टिच्युड एयरको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका ६ जनाकै शव काठमाडौं ल्याइएको छ। शवलाई हेलिकोप्टरमार्फत आइतबार बिहान काठमाडौं ल्याइएको छ ।

गोरखाबाट काठमाडौंका लागि उडेको अल्टिच्युड एयरको हेलिकोप्ट शनिबार दिउँसो नुवाकोटको मेघाङ गाउँपालिका–१ स्थित मैलुङपाखाको घना जंगलमा दुर्घटना हुँदा त्यसमा सवार ७ मध्ये ६ जनाको मृत्यु भएको थियो।

दुर्घटनामा क्याप्टेन निश्चल केसीसहित जापानी नागरिक हिरोमी कोमात्सु, रामेछापका ४० वर्षीय दिल्लीबहादुर गुरुङ, दोलखाका ३७ वर्षीया हिरा शेर्पा, गोरखा चुमनुब्री गाउँपालिका–१ सम्दोका छोवाङ नुर्वु र सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङको मृत्यु भएको थियो।

उनीहरुको शब सुरक्षाकर्मीले घटनास्थलबाट रातभरि बोकेर नुवाकोटको त्रिशुली ल्याइपुर्‍याएका थिए। त्यसपछि आइतबार बिहान हेलिकोप्टरमार्फत शबलाई काठमाडौं ल्याइएको क्षेत्रीले बताए। क्षेत्रीका अनुसार शब पोस्टमार्टमका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ।

दुर्घटनामा गोरखाको चुमनुब्री गाउँपालिका–२ ल्होकी आनी डोल्पा डिकी बाँच्न सफल भएकी थिइन्। उनको ललितपुरको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।