काठमाडाैं । एसिड आक्रमणमा परेकी रौतहट चन्द्रनिगाहपुर ६ की १८ वर्षीय सम्झना दासको उपचारकै क्रममा निधन भएको छ।
सम्झनाको आइतबार राति ११ बजेतिर निधन भएको कीर्तिपुर अस्पतालले जनाएको छ। तीजको दरखाने राति सम्झना र उनकी बहिनीलाई रौतहटमा रहेको आफ्नै घरमा सुतिरहेका बेला एसिड प्रहार भएको थियो।
एसिड प्रहार गरेको आरोपमा प्रहरीले रामबाबु पासवानलाई पक्राउ गरेको छ। बहिनी सुस्मिताको स्वास्थ्य अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ। सुस्मिताको स्वास्थ्य सुधार भइरहेकाले डिस्चार्जको तयारी भएको पनि अस्पताल प्रशासनले जनाएको छ।
एसिड प्रहारभएकै राति नै स्थानीय चकोर अस्पतालमा पुर्याइएका उनीहरुलाई त्यहाँ उपचार सम्भव नभएपछि २७ भदौमा काठमाडौंको कीर्तिपुर अस्पतालमा भर्ना गरिएकाे थियाे।

