पद्मरत्न तुलाधरको ७८ वर्षका उमेरमा निधन , नेताहरु भावुक

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Others/अन्य , Photo Bank , Photo Gallery , Politics/राजनीति , साहित्य/ पुस्तक , ५ वर्ष अगाडि

काठमाडौँ, १८ कात्तिक ।वाम बुद्धिजीवी एवं मानवाधिकारकर्मी पद्मरत्न तुलाधरको ७८ वर्षका उमेरमा नर्भिक अस्पतालमा उपचाररत रहँदाकै अवस्थामा आज निधन भएको छ ।

मस्तिष्काघात भएर अस्पताल भर्ना हुनुभएका उहाँको छातीको गम्भीर सङ्क्रमणबाट मृत्यु भएको उहाँको परिवारका एक सदस्यले राससलाई जानकारी दिनुभयो । नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिलाउन महत्वपूर्ण भूमिका खेल्नुभएका पूर्व स्वास्थ्य तथा श्रममन्त्री तुलाधरले नेपालको शान्ति प्रक्रियामा पनि ठूलो योगदान गर्नुभएको थियो ।
उहाँ पत्रकार तथा साहित्यकार पनि हुनुहुन्थ्यो । स्व तुलाधरका श्रीमती, दुई छोरा र दुई छोरी हुनुहुन्छ । उहाँको सोमबार शोभाभगवतीमा अन्तिम संस्कार गरिने बताइएको छ ।

नर्भिक अस्पताल थापाथलीमा आइतबार दिउँसो निधन भएका मानवअधिकारवादी नेता एवम् पूर्वमन्त्री पद्मरत्न तुलाधरप्रति श्रद्धाञ्जलि अर्पण गर्न अस्पताल पुग्नुभएका नयाँशक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराई । तस्बिर – नारायण ढुंगाना, रासस