वृहत खेलकुद सप्ताह हुदै

३००० भन्दा बढि विद्यार्थीहरुको सहभागिता रहने

NewsBankNepal Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Photo Bank , Photo Gallery , Sports/खेलकुद , न्युज बैंक बिषेश , ५ वर्ष अगाडि


मङ्सिर ,काठमाडौँ। – राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोसिएसन नेपाल एन प्याब्सनले साता व्यापि ‘दोस्रो एन प्याब्सन वृहत खेलकुद सप्ताह’ आयोजना गर्ने भएको छ ।विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई खेल प्रतिको अभिरुची, जागरुकता बढाउन, सीप विकासमा जोड दिन तथा ज्ञान र क्षमताको अभिवृद्धिको उर्द्धेश्य सहित खेलकुद सप्ताह आयोजना गर्न
लागिएको हो ।


प्रतियोगिताको उद्घाटन आगामी पौष २ गते बिहान ११ बजे  हुनेछ ।बिहिबार संवाद चौतारीमा पत्रकार सम्म्मेलनको आयोजाना गरि नेशनल प्याव्सन काठमाडौँले दिएको जााकारी अनुसार
विभिन्न १०० विद्यालयका ३००० भन्दा बढि विद्यार्थीहरुको सहभागिता रहने जनाएको छ ।

 
प्रतियोगितामा हरेक विद्यामा प्रथम , दितृय र तृतीय स्थान हासिल गर्ने टिमका खेलाडी  बिद्यार्थीहरुलाई ट्रफी, मेडल र प्रमाण पत्र
प्रदान गरिनेछ ।