कवि देवकोटा..भन्दै आएर विश्व नेपाली र सुजाता उपाध्याय

Bhim Thapa Entertainment/मनोरञ्जन , Latest Update , MainNews/प्रमुख समाचार , Photo Bank , Photo Gallery , Videos Bank , ६ वर्ष अगाडि

काठमाडौं– गायक विश्व नेपाली आफ्नो नयाँ गीतको म्युजिक भिडियोमार्फत आएका छन् ।

‘मीठो साह्रै मीठो।।।’ गीतको अपार सफलतापछि गायक विश्व नेपाली तथा द नेक्स्ट ग्रुप पुनः एकपटक नयाँ गीतको भिडियो लिएर आएका हुन् । ‘कवि देवकोटा।।।।’ शीर्षकको उक्त गीतमा गायक नेपालीलाई गायिका सुजाता उपाध्यायले साथ दिएकी छिन् । गीतकार एक नारायण भण्डारीद्वारा रचना गरिएको उत्तः गीतमा आशिष अविरलको संगीत निर्देश्ँन छ । अविरलले नै यो गीतलाई संगीत संयोजन गरेका हुन् ।

अष्टे्लियामा छायांकन गरिएको उक्त गीतको म्युजिक भिडियोलाई प्रदीप लामाले निर्देशन गरेका हुन् । भिडियोमा द नेक्स्टका कलाकारका साथै गायक नेपालीले पनि अभिनय गरेका छन् । भिडियोमा प्रदीप लामा तथा सुजना पौडेलको कोरियोग्राफी छ । बिजया बानिया“ तथा योगेश कार्कीले भिडियोमा सहायक कोरियोग्रँफी गरेका छन् । सिरुजल इभर तथा ल्याक्स तामाङद्वारा छायांकन गरिएको भिडियोमा सिरुजल इभरको सम्पादन, भिएफएक्स तथा कलर करेक्सन छ ।

यस्तो छ कवि देवकोटाको म्युजिक भिडियो