नेविसंघ उपाध्यक्ष शाहीसहित ७ जनाले दिए राजीनामा

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , Politics/राजनीति , ५ वर्ष अगाडि

काठमाडाैं। नेपाल विद्यार्थी संघका उपाध्यक्षसहित ७ जना पदाधिकारीले पदबाट राजीनामा दिएका छन्। शुक्रबार नेविसंघ उपाध्यक्ष पुष्पकुमार शाहीसहित ७ जना पदाधिकारीले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर राजीनामाको पत्र बुझाएका हुन्।

राजीनामा दिने पदाधिकारीहरुमा उपाध्यक्ष शाहीसहित उपाध्यक्षहरु विकास केसी र सञ्जय यादव, महामन्त्री सरोज कुमार थापा, सहमहामन्त्रीत्रय  प्रकाश घिमिरे, अच्युत कलौनी र प्रेमाज जोशी रहेका छन्।

नेविसंघ उपाध्यक्ष शाहीले कार्यकाल सकिएको र तोकिएको समयमा अधिवेशन हुन नसक्ने भएकाले नैतिकताका आधारमा सभापतिलाई आफूहरुले राजीनामाको पत्र बुझाएको जानकारी दिए। पछि पार्टीले विशेष कारण भन्दै तीन महिना थप गरिदियो। यो समयमा पनि अधिवेशन हुन सक्ने स्थिति छैन। त्यसैले राजीनामा दिएर बाटो खुला गरिदिएका हौं,उनीहरूले भने ।
नेविसंघको पछिल्लो पटक थपिएको म्याद यही माघ २ गते सकिँदैछ।

शाहीले पार्टीले नेविसंघमा ३२ वर्षे हदबन्दी लगाएको र आफूहरु लामो समय पदमा बस्दा आउने पुस्ता नेतृत्व गर्नबाट बञ्चित हुने भएकाले राजीनामा दिएर बाटो खुला गरिएको बताए। 

पत्र बुझ्दै सभापति देउवाले माघ १० मा बस्ने पार्टीको केन्द्रीय समिति बैठकले नेविसंघबारे निर्णय लिने बताएका थिए।