वरिष्ठ कलाकार गणेश मुनालको निधन

Bhim Thapa Entertainment/मनोरञ्जन , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ५ वर्ष अगाडि

काठमाडौँ,७ माघ। वरिष्ठ कलाकार गणेश मुनालको ६८ वर्षको उमेरमा निधन भएको छ। दर्जनौं नेपाली फिल्ममा अभिनय गरेका मुनालको आज निधन भएको हो ।

मुनाल काठमाडौं माहांकालका स्थायी बासिन्दा हुन् । सशक्त अभिनय र वजनदार आवाजबाट उनले निकै ख्याती कमाएका थिए ।

स्वर्गीय मुनालको आजै पशुपति आर्यघाटमा अन्त्येष्ठि गरिएको छ । अन्तिम श्रद्धान्जलीका लागि चलचित्रकर्मी र शुभचिन्तहरु पशुपति पुगेका थिए ।

उनले थुप्रै टेलिसिरियलमा पनि काम गरेका थिए । उनले अभिनय गरेको ‘गोपी’ यही माघ १८ मा प्रदर्शन हुँदै छ।