कलाकार विएस राणाको निधन,अन्त्येष्टी आजै साँझ गरिने

NewsBankNepal Entertainment/मनोरञ्जन , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Photo Bank , Photo Gallery , ५ वर्ष अगाडि


काठमाडौ । वरिष्ठ कलाकार विएस राणाको निधन भएको छ । शुक्रवार बिहान लाजिम्पाटमा अवस्थित टिचिङ अस्पतालमा उनको निधन भएको हो ।७८ वर्षका राणाको स्वासप्रस्वासमा समस्या आएपछि अस्पताल भर्ना भएका थिए ।

राणाको आजै साँझ पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने छ । उनले १५० भन्दा बढी फिल्ममा अभिनय गरेका छन् ।

विसं २०४१ सालमा फिल्म अन्याय बाट अभिनय यात्राराम्भ गरेका राणाले कोसेली चिनो दक्षिणा दुई थोपा आँशु नेपाली बाबु करोडपति अपराध सेतो बाघ लगायतका फिल्ममा आफ्नो निख्खर अभिनय कौशल देखाएका थिए ।