नेकपाको कार्यदल भंग : एकताको बाँकी काम सचिवालयले गर्ने

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , ७ वर्ष अगाडि

काठमाडाैं,१० फागुन। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीको सांगठानिक एकताका लागि खाका तयार पार्न गठन गरेको कार्यदल भंग गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पार्टी एकताको बाँकी काम सचिवालयले गर्ने र त्यसलाई स्थायी समितिबाट अनुमोदन गराउने गरी कार्यदल भंग गरेको हो ।कार्यदलप्रति प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली असन्तुष्ट रहँदै हिजोको बैठकमा कार्यदल भंगको प्रस्ताव राखेका थिए ।

पटक पटक समय थप गर्दा पनि पार्टी एकताको खाका ल्याउन नसकेको भन्दै अध्यक्ष ओली कार्यदलको कामप्रति असन्तुष्ट रहदै आएका थिए। यद्यपि, बहुमत सचिवालय सदस्यहरु भने कार्यदललाई एक साताको समय दिनुपर्ने पक्षमा थिए । वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतमलगायतका नेताहरुले कार्यदल विघटनप्रति फरक मत राखेका थिए ।

रामबहादुर थापा संयोजक रहेकाे कार्यदलकाे सदस्यहरुमा विष्णु पौडेल, शंकर पोख्रेल, रघुवीर महासेठ, वर्षमान पुन, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, लेखराज भट्ट र बेदुराम भुसाल रहेका थिए ।