‘विप्लव’को घरबाट अत्याधुनिक हतियार र गोली बरामद

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ५ वर्ष अगाडि

काठमाडाैं,२३ फागुन । नेत्रविक्रम चन्द (विप्लब) नेतृत्वको नेपाल कम्युनिष्टविरुद्ध कडा नीति अख्तियार गर्ने क्रममा प्रहरीले आज चन्दको कपिलवस्तुस्थित घरमा छापा मारी विभिन्न हतियारहरु बरामद गरेको छ ।

प्रहरी टोलीले कपिलवस्तुको शिवराज नगरपालिका– ९ शिवगढीस्थित विप्लवको घरमा छापा मारेको हो । त्यसक्रममा  एसएमजी दुई थान, चाइनिज पेस्तोल एक थान, दुई सय राउन्ड गोलीसहित विस्फोटक पदार्थ बरामद गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

अपरेसनका क्रममा विप्लवका भतिजा यादव चन्दको घरबाट समेत ठूलो मात्रामा हतियार बरामद भएको छ। प्रहरीले विप्लबसहित स्थानीय बासिन्दाका केही घरमा समेत छापा मारेको छ ।

त्यसक्रममा प्रहरी र स्थानीयवासीबीच झडपसमेत भएको थियो। झडपमा प्रहरी जवान अमर वली र पुतली चौधरी घाइते भएका छन्। प्रहरीले एक जनालाई पक्राउ गरेको छ।पक्राउ गरेका व्यक्तिको नाम प्रहरीले गोप्य रोखेको छ।