तरुण दलका कार्यकर्ता अनिशको हत्यामा संलग्न चार जना पक्राउ

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

रूपन्देही,२८ फागुन । रुपन्देहीको देवदहमा तरुण दलका कार्यकर्ता अनिश पुरीको हत्या संलग्न चार जना स्थानीय युवाहरु पक्राउ परेका छन्।

देवदह ५ का २० बर्षिय पुरीको आईतवार राति कुटपिटपछि उपचारको क्रममा अस्पतालमा मृत्यु भएको थियो। पक्राउ पर्नेहरुमा देवदह ९ कालिकाटोल बस्ने २१ वर्षीय आकाश थापा, सोही ठाउँकै २१ वर्षीय अर्जुन सारु मगर, २० वर्षीय सुवास अर्याल, २१ वर्षीय शिशिर राना, २२ वर्षीय मनु भनिने मनोज क्षेत्री रहेका छन्।

उनीहरुलाई अदालतबाट म्याद थप भइ अनुसन्धान शुरु गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक डीलबहादुर मल्लले जानकारी दिए। सोही घटनामा सोधपुछका लागि ७ जनालाइ प्रहरीले नियन्त्रणमा लिए पनि ३ जनालाई छाडिएको छ। घटनामा संलग्न ४ जनालाई मुद्दा चलाइएको प्रहरीले जनाएको छ।

दोसी पक्राउ नपरेसम्म शव नबुझ्ने अडानमा रहेको अनिशको परिवारले आज शव बुझ्ने भएको छ।