हावाहुरीका कारण पर्सा र बारामा गरी २९ जनाको मृत्यु, ४ सय भन्दा बढी घाइते

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Photo Gallery , ५ वर्ष अगाडि

वीरगञ्ज, १७ चैत । एक्कासि आज साँझ आएको हावाहुरीका कारण पर्सा र बारामा मृत्यु हुनेकाे संख्या २९ पुगेकाे छ ।
हावाहुरीले कलैया उपमहानगरपालिकासहित महागढीमाई नगरपालिका, पचरौता नगरपालिका, प्रसौनी गाउँपालिका, फेटा गाउँपालिका, सुवर्ण गाउँपालिका, परवानीपुर गाउँपालिकामा धनजनको क्षति भएको छ।  । 

घाइतेहरु मध्ये ३ सय कलैया अस्पताल, ३०४ वीरगञ्ज अस्पतालमा उपचाररत छन् । जसमध्ये कलैया अस्पतालमा उपचार गराइरहेका २ सय २० जना घाइते डिस्चार्ज भइसकेको  प्रहरीले जनाएको छ । ग्रामीण क्षेत्रमा आएको हावाहुरीका कारण घर, पर्खाल भत्किनाका साथै ठूलो जनधनको क्षति भएको छ ।

हुरीका कारण आपत्मा परेकाहरुको उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासी खटिएको प्रहरीले जनाएको छ ।