प्रहरीबाटै प्रश्नपत्र आउट!

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ५ वर्ष अगाडि

काठमाडौं ।माध्यमिक शिक्षा परीक्षा(एसईई) अन्तर्गत गत १४ र १५ गते भएको विज्ञान र सामाजिक विषयको प्रश्नपत्र प्रदेश २ मा बाहिरिएको घटनामा प्रहरीकै संलग्नता देखिएको छ ।

घटना छानबिन गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो(सीआईवी) ले सिरहाको ईलाका प्रहरी कार्यालय कल्याणपुरमा कार्यरत दुई प्रहरी जवान ब्रहमदेव सुनरैत र दीपेन्द्र कुमार मण्डललाई नियन्त्रणमा लिएकोछ ।

यसलाई व्युरो र प्रहरी प्रधान कार्यालय दुबैले गोप्य राखेका छन् । प्रश्नपत्र बाहिरीए लगतै राष्ट्रिय परीक्षा बोर्ड र प्रदेश २ सरकारले गठन गरेको समितिले छुट्टाछुट्टै छानबिन गरेका थिए। साभार कान्तिपुर