जन्मसिद्ध नागरिकलाई तत्काल वंशजका आधारमा नागरिकता नदिन सर्वोच्चको आदेश

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , April 8th, 2019

काठमाडौँ, २५ चैत ।सर्वोच्च अदालतले जन्मसिद्ध नागरिकलाई वंशजका आधारमा तत्काल नागरिकता दिने गृहमन्त्रालयको निर्णय कार्यान्वयन नगर्न अन्तरकालीन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले आज गृह मन्त्रालयले यही चैत १९ गते देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरी जन्मका आधारमा नागरिकता पाएका बाबुआमाका सन्तानलाई वंशजका आधारमा नागरिकता दिन दिएको निर्देशन तत्काल कार्यान्वयन नगर्न अन्तिरम आदेश दिएको हो ।

गृहको उक्त निर्णय यथास्थितिमा राख्न र छलफलका लागि वैशाख ३ गते उपस्थित हुन आदेशमा भनिएको छ । जन्मसिद्धलाई वंशज नागरिकता प्रदान गर्नु कानूनसम्मत नभएको उल्लेख गर्दै अधिवक्ता बालकृष्ण न्यौपानेले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो ।

  • साेविता सिंखडाकाे उपन्यास वराङ्गना बजारमा उपलब्ध छ

  • अवस्य Subscribe गराै र नयाँ नयाँ Video काे मज्जा लिनुहाेस

  • फरक प्रकारका भिडियाेहरूकाे लागी Round Chilli PLZ Subscribe