नयाँ शक्ति र संघीय फोरमबीच यस्ता छन् सहमति (पूर्णपाठसहित)

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ५ वर्ष अगाडि

काठमाडाैं,२३ वैशाख ।संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच एकता घोषणा गरिएको छ ।

२ पार्टीबीच एकताका लागि भएको सहमतिका मुख्य आधारमा उच्चस्तरीय राज्य पुनर्संरचना सुझाव आयोगको प्रतिवेदनका आधारमा ११ प्रदेशको रचना गरिनुपर्ने उल्लेख गरेको छ ।

यस्तै, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक संसदमा आधारित शासकीय प्रणालीमा दुवै दल सहमत भएका छन् ।  दुवै दलले समुन्नत संघीय समाजवादको सिद्धान्तलाई अघि सारेका छन् ।