अनुष्का श्रेष्ठ बनिन् ‘मिस नेपाल’

Bhim Thapa Entertainment/मनोरञ्जन , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Photo Gallery , ५ वर्ष अगाडि

काठमाडाैं,२६ वैशाख । २४ प्रतिस्पर्धीलाई पछि पार्दै अनुश्का श्रेष्ठले मिस नेपाल २०१९ को उपाधि जितेकी छिन्। बिहीबार भएको फाइनलमा २३ वर्षीया अनुश्काले ताज पहिरिएकी हुन् ।

प्रतियोगिताको अन्तिम राउण्डमा ७ जना छानिएका थिए ।  उनलाई ‘मिस नेपाल वर्ड्र २०१८’की शृङ्खला खतिवडाले ताज पहिराएकी हुन् ।

यस्तै, ‘मिस नेपाल यूनिभर्स’को उपाधि प्रदिप्ता अधिकारी, ‘मिस नेपाल अर्थ’को उपाधि रिया बस्नेत र ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि मिरा कक्षपतिले हात पारिन्।