लाखौं नक्कली भारुसहित युनुस अन्सारी पक्राउ

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ५ वर्ष अगाडि

काठमाडाैं,१० जेठ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले लाखौं नक्कली भारतीय नोटसहित युनुस अन्सारीलाई पक्राउ गरेको छ।

कतारबाट आएका अन्सारीलाई प्रहरीको विशेष ब्युरो र विमानस्थल प्रहरीले पक्राउ गरेको हो। अन्सारीसंगै प्रहरीले अन्य चारलाई पनि पक्राउ गरेको छ। उनीहरूले दुई ब्रिफकेस भरी नक्कली भारू बोकेर ल्याएको बताइएको छ।

अन्सारी यसअघि पनि पटक–पटक नक्कली भारु र लागू पदार्थ कारोबारमा रंगेहात पक्राउ परेका व्यक्ति हुन्। पूर्वमन्त्री सली मियाँका छोरा अन्सारीलाई केन्द्रीय कारागारमा रहँदा भारतीय अपराधिक समूहले गोली हानी हत्या गर्ने प्रयास गरेको थियो। त्यसक्रममा उनी सामान्य घाइते भएका थिए।