बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ३० पुग्यो,१८ जना बेपत्ता

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

काठमाडाैं,२८ असार ।अविरल वर्षाको कारण विभिन्न स्थानमा आएको बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ३० पुगेको छ । १८ जना बेपत्ता भएका छन् भने १२ जना घाइते भएका छन् ।

बाढी पहिरोमा परी ललितपुरमा ५,काठमाडौं, खोटाङ र काभ्रेमा ३/३ जना, भोजपुर, मकवानपुर, धादिङ र सिन्धुलीमा २र२ जना तथा पाँचथर, ओखलढुंगा, पर्सा, रामेछाप, ईलाम, झापा, सुनसरी, बारा र चितवनमा १/१ जना गरी ३० जनाको मृत्यु भएको हो ।

बाढी पहिरोमा परेका ६४ जनाको सकुशल उद्दार गरिएको नेपाल प्रहरीले जनाएको छ ।