पाल्पा अस्पतालबाट चोरी भएको बच्चा स्याङ्जामा भेटियो

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Photo Gallery , ५ वर्ष अगाडि

पाल्पा,२८ असार । पाल्पाको प्रभास स्थित लुम्बिनी मेडिकल कलेजबाट शुक्रबार दिउँसो हराएरको नवजात शिशु स्याङ्जामा भेटिएको छ ।

बच्चा चोरेर फरार गल्याङ नगरपालिका ५ मोहनडाँडाकी विमला पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो । पाण्डे र शिशुलाई कालीगण्डकी गाउँपालिका ७ स्थित नेपाल विद्युत प्राधिकरणको सरकारी आवासबाट नियन्त्रणमा लिइएको हो । प्राधिकरणमा ज्यालादारीमा काम गर्ने पाण्डेले शुक्रबार दिउँसो ३ बजे तानसेन ९, मदनपोखराकी जमुना रानाको बच्चा चोरेर फरार भएकी थिइन् ।

४ दिनदेखि सुत्केरी वार्डमा रहेकी पाण्डेले शु्क्रबार जमुनाकी आमालाई सहयोग गर्ने बहाना बनाएर अस्पतालबाटै बच्चा लिएर फरार भएकी थिइन् । पाण्डेले चोरेर स्याङ्जा पुर्याएको नवजात शिशुको अवस्था सामान्य छ ।

अन्दाजी ५० वर्षीया पाण्डेका यसअघि नै दुई छोरा र दुई छोरी छन् ।