धेरै बर्षपछि कुलेखानीमा पानी भरिएर खाेल्नु पर्याे

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ५ वर्ष अगाडि

मकवानपुर,३० असार ।अविरल वर्षाका कारण मकवानपुरस्थित कुलेखानी जलविद्युत आयोजनाको सरोवर भरिएको छ ।कुलेखानी जलविद्युत आयोजनाको सरोवर भरिएर २५.४/३० मिटर पुगेको हुँदा बाँध खोलिएको छ । तल्लो तटिय क्षेत्रमा सतर्कता अपनाउनु होला। कुलेखानीको क्षमता कूल एक हजार ५३० घनमिटर रहेको छ ।

कुलेखानीको क्षमताभन्दा बढी पानी भरिएर जोखिम भएकाले जिल्ला सुरक्षा समिति मकवानपुरको बैठकले ड्याम खोलेर पानी निकास गरिएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए ।

कुलेखानीको पानी कुलेखानी खोला हुँदै वाग्मती खोलामा मिसिने हुँदा मकवानपुरका भिमफेँदी, इन्द्रसरोवर, वाग्मती गाउँपालिका, रौतहटको नुनथर, चन्द्रपुर, क्यान्टिन, सर्लाहीको विभिन्न क्षेत्र, सिन्धुलीको हरिहरपुर गढी क्षेत्र आसपासका नागरिकलाई सचेत रहन आग्रह गरिएको छ ।

कुलेखानी आयोजनालाई सुख्खायाममा लागि ‘पावर ब्याक अप’का रुपमा राखिने गरेको छ । धेरै बर्षपछि कुलेखानीको डयाम भरिएको हो ।