काठमाडाैं ।बालुवाटारस्थित प्रधानमन्त्री निवासको सरकारी जग्गा निजी बनाउने कार्यमा संलग्नमध्ये मालपोत कार्यालयका तत्कालीन सुब्बा युक्तप्रसाद श्रेष्ठले आत्महत्या गरेका छन् । उनले आइतबार बालाजुको माछापोखरीस्थित हिमालयन सिटी सेन्टरको सातौं तलबाट हामफालेर आत्महत्या गरेका हुन् ।
प्रहरीका अनुसार श्रेष्ठ एक्लै सपिङ सेन्टरको सातौ तला पुगेका थिए । सेल्फी खेच्न मोबाइल झिके । सेल्फी खिचेको अभिनय गर्दै उनी हामफालेको प्रहरीको भनाइ छ ।
०१७ पछि राजनीतिक कारणले विभिन्न व्यक्तिको जफत भएको सम्पत्ति फिर्ता दिने सम्बन्धमा सरकारले ०४७ सालमा तीनपटकसम्म निर्णय गरेको थियो ।

