४५ जना चढेकाे बस त्रिशूलीमा खस्याे,मृत्यु भएका तीन जनाकाे सनाखत,हराएकाहरूकाे खाेजी हुँदै

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ५ वर्ष अगाडि


धादिङ,२४ साउन । धादिङको बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटस्थित त्रिशूली नदीमा बस खस्दा  मृत्यु भएका तीन जनाकाे सनाखत भएकाे छ भने १६ जनाकाे उद्धार गरिएको छ।

दुर्घटना भएको बसमा ४५ जना यात्रु सवार रहेको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय, धादिङका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमा सर्लाही ब्रहम्पुरी गाउँपालिका–४ का राजनारयाण रौनियार, उनकी श्रीमती शोभा रौनियार र भतिजा सौरव रौनियारको खुलेको छ ।

सर्लाहीको मलंगवाबाट काठमाडौंका लागि छुटेको ना ६ ख ७४६९ नम्बरको रात्रिबस अाज बिहान ३ः३० बजे दुर्घटना भएको थियो । दर्जनभन्दा बढी हराइरहेको प्रहरीले अनुमान गरेको छ ।

१ चालक, १ कण्डक्टर र १ सहचालक रहेको बसमा मलङ्गवाबाट ४० र सर्लाहीको हरिपुर नगरपालिकाबाट दुई जना यात्रु चढेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, धादिङले जनाएअनुसार, उनीहरूको खोजी कार्य भइरहेको छ ।