पत्रकार पुडासैनीको आत्महत्या प्रकरण : पत्रकार रवि लामिछानेसहित तीन जना पक्राउ

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ५ वर्ष अगाडि

काठमाडाैं ,३० साउन ।पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएका रवि लामिछाने पक्राउ परेका छन्। न्यूज २४ मा सीधा कुरा जनतासँग सञ्चालन गर्ने रविसहित अर्का आरोपित युवराज कँडेललाई महानगरीय प्रहरी अपराध महाशाखाबाट आएको टोलीले आज(बिहीबार) साँझ नियन्त्रणमा लिएको हो ।

उनीहरुलाई न्यूज २४ कार्यालयबाट पक्राउ गरेको हो ।प्रहरीले पूर्व प्रमिका भनिएकी ‘रुकु’ भनिने अस्मिता कार्कीलाई पनि कलंकीबाट नियन्त्रणमा लिएको छ । 

महानगरीय प्रहरी परिसरका डीआईजी शैलेश थापा क्षेत्रीले उनीहरूलाई जिल्ला प्रहरी कार्यालय चितवनको अनुरोधमा पक्राउ गरिएको जानकारी दिए। पक्राउ गरिएका सबैलाइ आजै चितवन पठाइएको छ।

उनीहरु तीनै जनालाई अनुसन्धानका लागि चितवन लैजाने तयारी गरिएको छ ।गम्भीर आरोपको भिडियो सार्वजनिक भए लगतै पत्रकार लामिछानेले आरोप प्रमाणित भए हदैसम्मको सजाय भोग्न तयार रहेको बताएका थिए।

पत्रकार पुडासैनीले आत्महत्या गर्नुअघि रेकर्ड गरेको भिडियोमा टाढिएकी प्रेमिकालाइ अघि सारेर रवि लामिछाने र युवराज कँडेलले आफूलाइ मर्न बाध्य पारेकाे भनि पटक/पटक तीन जनाकाे नाम लिएका छन् । उनले ‘सिधा कुरा जनतासँग’ कार्यक्रममा संलग्न रहेको बेला आफूलाई धेरै शारिरीक तथा मानसिक दुर्व्यवहार भएको आरोप पनि लगाएका थिए। भिडियाेमा सारा पीडा पाेखेका पत्रकार पुडासैनीले दुइ हप्ताअघि चितवनकाे एक हाेटलमा झुन्डिएको अवस्थामा फेला परेका थिए।