चितवनमा रवि लामिछाने समर्थक र प्रहरीबीच झडप

Bhim Thapa Latest Update , ६ वर्ष अगाडि



चितवन,८ भदाै ।चितवनमा पत्रकार रवि लामिछानेका समर्थक र प्रहरीबीच झडप भएको छ । प्रर्दशनमा उत्रेका लामिछानेका समर्थकमाथि प्रहरीले लाठीचार्ज गरेपछि झडप भएको हो ।

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका लामिछाने निर्दोष रहेको दाबीसहित हजारौ समर्थकले उनको रिहाइको माग गर्दै निषेधित क्षेत्रबाट अगाडि बढ्न थालेपछि प्रहरीले लाठीचार्ज गरेको हो ।

सो क्रममा केही प्रदर्शनकारी सामान्य घाइते भएका छन् । लामिछाने पक्राउ परेको दिनदेखि नै उनका समर्थकहरुले दिनहुँ जसो चितवन लगायत देशका विभिन्न प्रमुख शहरहरुमा प्रदर्शन गर्दै आएका छन्। दोस्रो पटक थप गरीएको म्याद आज सकिएपछि उनी लगायत पक्राउ परेका तीनै जनालाई अदालत उपस्थित गराइदैछ ।