रविलाई भेट्न मह जोडी पुगे चितवन

Bhim Thapa Entertainment/मनोरञ्जन , Latest Update , ५ वर्ष अगाडि

चितवन,९ भदौ ।पत्रकार शालिग्राम पुडासैनी आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा हिरासतमा रहेका संचारकर्मी रवि लामिछानेप्रति ऐक्यवद्धता जनाउन वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य चितवन पुगेका छन् ।

उनीहरु रविलाई भेट्न जिल्ला अदालत पुगेका थिए । ११ दिनदेखि जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा रहेका लामिछानेप्रति ऐक्यवद्धता जनाउन कलाकारहरु धमाधम चितवन पुगेका छन् ।हिजो मात्रै कलाकार दिपकराज गिरी, दिपाश्री निरौलासहितको टोली पुगेको थियो ।

यतिमात्र होइन उनलाई प्रहरी हिरासतमा राखेदेखि नै उनका समर्थकहरु के युवायुवती, के बुढाबुढी धेरै जसो चितवन पुगेका छन् ।