रविले गरे राजनीतिमा आउने संकेत

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Photo Gallery , ६ वर्ष अगाडि

चितवन,१० भदाै । सञ्चारकर्मी रवि लामिछानेले राजनीतिमा आउने संकेत गरेका छन् । मंगलबार बिहान चितवनमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो प्राथमिकता पत्रकारीता नै भएको भन्दै राजनीतिको विकल्प पनि खुला रहेको बताएका हुन् ।

उनले भने, ‘सम्भावनाको ढोकामा चुकुलमात्र लागेको छ, ताल्चा लागेको छैन ।’ तर उनले अहिले भने अझ बढी जिम्मेवार भएर खबरदारीमा नै आफूहरू व्यस्त हुने बताए ।

हिरासतको बसाइ नयाँ अनुभव भएको सुनाउँदै लामिछानेले हिरासतमा रहेका अन्य व्यक्तिहरुसँगको भेटमा उनीहरुलाई कसरी फसाइएको रहेछ भनेर आफूले बुझ्न पाएको बताए ।

पुडासैनी मृत्युको दोषी पत्ता लगाउने जिम्मा प्रहरी प्रशासनको भएको भएकाे बताउँदै लामिछानेले उनीहरुले नसकेमा आफूले वाचा पूरा गर्ने समेत बताए ।

हिरासतमा रहेकै बेला सार्वजनिक भएको एक अडियो अन्तर्वार्तामा लामिछानेले आफू रिहा भए पुडासैनी मृत्युको दोषी तीन मिनेटभित्रै पत्ता लगाइदिने बताएका थिए ।